रोगअनुसार फिजियोथेरापी नगरे थप जटिलता निम्तिन्छ : डा. अमरेन्द्र झा

  २०८० असोज ६ गते १५:५०     विकासन्युज

मानिसको जीवनशैलीसँगै फिजियोथेरापीको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । रोगको पहिचान नै नगरी फिजियोथेरापी गर्दा त्यसले थप जटिलता निम्त्याउने चिकित्सकहरु बताउँछन् । बिना साइड इफेक्ट मानव शरीरका विभिन्न अंग तथा प्रणालीहरु (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउन फिजियोथेरापीको भुमिका महत्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत अर्थोपेडिक फिजियोथेरापिस्ट डा. अमरेन्द्र झासँग गरिएको कुराकानीको सम्पादित अंश :

फिजियोथेरापी के हो ?

फिजियोथेरापी भनेको एउटा उपचार पद्धति हो । यसमा फरकफरक समूहहरु हुन्छन् । समग्रमा फिजियोथेरापी शब्द भयो । यसमा हाईड्रोथेरापी, इलेक्ट्रोमोडालिटी मेसिन जस्ता विविध मेसिनबाट उपचार गरिन्छ । यस्तै निश्चित एक्सरसाईजको पनि मद्दत हुन्छ । एक्सरसाईजहरुमा पनि फरकफरक स्टेजको कुरा हुन्छ, काइरोप्याट्रिक मोबिलाईजेसन, मेनुअल मोबिलाइजेसन भन्छौँ । स्ट्रेचिङको कुराहरु हुन्छ । यस्ता विविध कुराहरुको सम्मिश्रणबाट उपचार गरिने पद्धति फिजियोथेरापी हो । फिजियोथेरापी विशेष गरेर हामीले पाँच वटा विषयमा गर्छौं । मुख्यरुपमा हाडजोर्नी, नशा सम्बन्धी, मुटुको पुनःस्थापनाका लागि, रेस्पेरट्रि सम्बन्धी हुन्छ । यस्तै, बालबच्चामा वंशाणुगत रोगहरु, जन्मजात रोगहरु वा विविध बच्चाहरुमा जोर्नीहरु बिग्रिएर वा पोलाईको कारणले जोर्नीहरु बिग्रिएर, जन्मजात अंगभंग भएका, पार्सियल डिस्एबल भएकाहरुलाई फेरि त्यसलाई पुनःस्थापित गर्ने एउटा ब्रान्च छ ।

यस्तै, खेलाडीहरुका लागि पनि फिजियोथेरापि आवश्यक हुन्छ । कतिपय खेलाडीहरुले बाहिरी देशमा पर्सनल फिजियोथेरापिस्ट राखेका हुन्छन् । नेपालमा त त्यो ट्रेण्ड छैन । खेलाडिको लागि छुट्टै हुन्छ । तर, समग्रमा हामीले हाडजोर्नी, नशा सम्बन्धी, मुटुको पुनःस्थापना, बच्चाको श्वासप्रश्वास र खेलाडीहरुका लागि मेडिसिनको आंसिक मात्रै प्रयोग गरेर अधिकतम फिजिकल मोडालिटिजबाट वा एक्सरसाईजको विधिबाट वा सहयोगी सामग्रीको मद्दतले पुनःस्थापित गरेर पहिले जस्तो जीवन ९लाईफ० मा फर्काउने एउटा विधि हो ।

विभिन्न रोगहरुको उपचारका लागि चिकित्सकहरुले फिजियोथेरापी गर्न सल्लाह दिनुहुन्छ किन ?

मानौ कसैको हाडजोर्नीकै अप्रेसन भयो । अप्रेसन सफल भयो । तर,उसको हात वा खुट्टा जहाँ भाँचिएको छ जहाँ अप्रेसन गरेको हो त्यसको मुभमेण्ट हुँदैन । मांशपेसी कमजोर हुन्छ, जोर्निको पहिलेको अवस्थामा मुभमेण्ट हुँदैन । त्यसैले त्यो चिजको अप्रेसन भयो भनेपनि त्यो चिजलाई रिगेन भएन भने अपाङ्ग जस्तै हुन्छ । र, मसलको स्टेजलाई बढाउने काम गर्छौं । त्यो चिजलाई अप्रेसन भएपनि फुल मुभमेण्ट गराउन वा त्यो चिजलाई पुनःस्थापना गराउनका लागि, प्लाष्टरपछि नै हेर्छौं हामीले कुनै जोर्नीहरु बिग्रिएको छ, फेरि त्यो चिजलाई पहिलेको अवस्थामा फर्काउनको लागि त्यसमा मोभिलिटी रिगेन भन्छ ।

त्यसैले पहिले जस्तै गर्न सकोस् भनेर भन्छौँ । जसरी अप्रेसन भएपछि निमोनिया भयो भन्ने सुन्छौँ । अस्पतालमा बस्दाबस्दै निमोनिया भयो भन्ने भयो । त्यसैले बेडमा जब बिरामी सुतिरहेको अवस्था हुन्छ, त्यो बेलामा बेड रिगेन सम्बन्धी कम्प्लीकेसनहरु हुन्छ । त्यसमध्येमा एउटा हो । त्यो हुन नदिनका लागि प्रेष्क्राईब गर्छौं की त्यो रोग नहोस् । पहिले नै होस पु¥याउनु । वा भइसकेपछि यो चिज अब नहोस् । त्यसैले पनि उहाँहरुले फिजियोथेरापीमा कन्सल्ट गर्न भन्नुहुन्छ ।

फिजियोथेरापी र व्यायाममा के फरक छ ?

अहिले मानिसहरुले थेरापी बुझ्छ । यो कमन जस्तै भयो । थेरापी शब्दको अर्थ हुन्छ उपचार । अब के बाट उपचार रु जसरी क्यामोथेरापी, क्यान्सर भएको बिरामीलाई रेडियसन दिन्छ । अब त्यो रेडियसनबाट गर्ने उपचार विधि क्यामोथेरापी हो ।

न्याचुरो थेरापी भन्छौँ, प्राकृतिक चिकित्सा भन्छ । थेरापी थेरापी त भनिन्छ, क्यान्सरको थेरापी होकी, मेसिनबाट गरिने थेरापी होकी, फिजियोथेरापी होकी वा अरु केही नेचुरो थेरापी हो की । सो एउटा कम्प्लिट शब्दको कतिपयलाई जानकारी हुँदैन । फिजियो भनेको नै भौतिक रुपमा भन्ने हुन्छ । भौतिक रुपमा गर्ने शब्द जुन व्यायाम । व्यायाम भनेको स्वस्थ व्यक्तिले गर्ने व्यायाम फरक छ, एउटा रोग भएको व्यक्तिले गर्ने व्यायाम फरक छ । कुन भागमा समस्या भयो त्यो भागलाई पुनःस्थापना गर्ने फरक छ । अप्रेसन भइसकेको मान्छेलाई फेरि पहिलेको जस्तै पुनःस्थापना गर्ने फरक छ ।

तर, समग्रमा हामीले एउटा शब्द प्रयोग गरेका छौँ, फिजियोथेरापी । त्यसैले अलमलिने एउटै कारण छ, अल्प कुरा बुझेर । जस्तोः लेजर थेरापी भनेर बजारमा विज्ञापन गर्नुहुन्छ । लेजरमा पनि तीन प्रकारको लेजर हुन्छ । एउटा सर्जिकल लेजर हुन्छ, जस्तैः किड्नीको ढुँगा फुटाउने, त्यो सर्जिकल प्रोस्युडियर हो । त्यो पनि लेजरबाट छ । जस्तोः एपेण्डीक्सको भयो वा गल्पव्लाडरको भयो । त्यस्तोमा पनि लेजरबाट सर्जरी गर्ने विधि छ । अर्को भयो छालाको उपचार गर्ने विधि । लेजरथेरापी भन्ने हुन्छ । तेस्रो हुन्छ, थेराप्युटिक लेजर । लेजर भनेको फिजियोथेरापीको मेसिन हो । फिजियोथेरापीमा पनि व्यायाम छ तर, सबै व्यायाम फिजियोथेरापीमा हुँदैन । रोग अनुसार मात्रै फिजियोथेरापी हुने हो ।

कतिपयलाई व्यायाम वा थेरापी गर्दा शारीरिक रुपमा असर पर्छ नि ?

म एउटा रोगको उदाहरण दिन्छु, कम्मरको हड्डी सरेर गयो अगाडी होस् वा पछाडी । कम्मरले खुट्टातिर पनि दुखाउँछ । कम्मरकै एक्सरसाईज छ । सामान्य रुपमा नशा च्यापिएर पनि खुट्टामा नै दुख्छ, कम्मरमै दुख्छ । हड्डी खिइएर पनि कम्मरमै दुख्छ । र, मसलको विकनेसको कारण पनि कम्मरमै दुख्छ । तर, कम्मरकै दुखाई सबै किसिमको छ । तर, समस्या चाहीँ एउटै ठाउँमा छ । तर, उपचार फरकफरक हुन्छ । कम्मर सामान्य दुखेकोलाई गर्ने व्यायाम र हड्डी त्यहाँबाट सरेर गएकोलाई गर्ने व्यायाम । अरुमा घोप्टो पर्न भन्छौं तर हड्डी सरेकोमा घोप्टो ग¥यो भने झन् जटिल अवस्था निम्त्याउँछ । रोगको हिसावले व्यायाम फरक फरक हुन्छ । हरेक व्यायाम हरेक रोगमा सेट हुँदैन । हाम्रो गाउँघरमा पनि चलन थियो, जहाँपनि दुख्यो सुन्नियो भने तातोले सेक्ने चलन थियो । तेल लगाएर मालिस गरिदिने चलन थियो । तर केही रोगमा त्यो ठिक छ, कतिपय रोगमा बेठिक हुन्छ । तेल लगाएर, मलम लगाएर जोडले चलाए झन् सुन्निएर आउँछ । झन् हिँड्न नसक्ने हुन्छ ।

चोटपटक लागेको बेला मक्र्यो, सक्र्यो भने तातोले सेक्यो भने झन् सुन्निएर आउँछ । कुनमा के चिज ठिक हो कुनमा के चिज बेठिक हो भनेर हामीले बुझ्नुप¥यो । जस्तै उदाहरणका लागि खानेकुरा सबै ठिक छ, सुगर भएको मानिसले के खाँदा ठिक हुन्छ रु प्रेसर भएको व्यक्तिले के खाँदा ठिक हुन्छ रु ख्याल गर्नुपर्छ । र, हामी सुगर, प्रेसर नभएर, थाईराईड नभएका, क्लोस्ट्रोल नभएकाले केही खाँदापनि बिग्रिएन । एकै किसिमको खाना खुवायो भने कोही ठिक हुन्छ कोही बेठिक हुन्छ, त्यही भएर रोगको प्रकृति अनुसार वर्गिकृत हुन जरुरी छ । रोग अनुसार एक्सरसाईज गर्नुपर्छ । नत्र बिग्रिन जान्छ ।

उपचारमा फिजियोथेरापीको महत्व के ?

कतिपय मानिसले फिटनेसको हिसावले फिजियोथेरापी गर्छन् भने कतिपयले मलाई यो रोग नलागोस् भनेर फिजियोथेरापी गर्छन् । कतिपयले म खेलाडी हो मलाई प्रोटेक्टिभ मेकानिजम चाहियो, छिट्टै घाईते भइरहेको हुन्छु, म अलि अलि दौडँदापनि तुरुन्तै इन्जुअर्ड हुन्छु । यो चिज नहोस् यसको लागि मैले के के गर्दा ठिक हुन्छ भन्ने यो प्रोटेक्टिभ मेकानिजम हो । यस्तो चिज नहोस् भनेर जोगिनको लागि प्रोटेक्टिभ मेकानिजम आवश्यक पर्छ । दोस्रो पक्ष के छ भने रोग लागि सकेपछि उपचार गर्ने विधिमा पनि फिजियोथेरापी चाहिन्छ । तीन वटा बेसिक विधि छ । सामान्य समस्या भएकाहरुलाई सामान्य कुराहरु बताईदिन्छौं । त्यो भनेको सावधानीहरु, जस्तैः घुँडा दुखेको छ भने भुईंमा टुक्रुक्क नबस्नु, पलेटि नकस्नु, धेरैबेरसम्म उभिने काम नगर्नु । त्यसैले यो प्रोटेक्सन गर्नुप¥यो एउटा । दोस्रो हामिले दुई चार वटा तरिका बताइदिन्छौं । घरमा नियमित रुपमा व्यायाम गर्नुहोस् ।

अर्को छ, पीडा धेरै नै हुन्छ, एक्सरसाईज गर्नै नसक्ने, हिँड्डुल गर्न नै नसक्ने, त्यस्तो विधिमा हामीसँग दुखाईलाई कम गराउने केही विधिहरु छ, केही मोडालिटिजहरु छ । मेसिनहरु छ, त्यो प्रयोग गर्छौं । र, त्यो मेसिनहरुको प्रयोगले बिस्तारै दुखाई कम गर्छौं । अर्कोतिर यो चिज नगर्नु सावधानी अपनाउनु भनेर भन्छौं । निक्याब छ, निब्रेस छ, त्यो चिजहरु लगाईदिन्छौं । यो चिजले तपाईको मोविलिटिलाई कम गरोस् । फरदर अब ड्यामेज नहोस् । यो चिज गरेर दुखाई कम गर्नका लागि मेसनिको प्रयोग गर्छौं । हड्डी खिइसकेको छ वा बाँगिसकेको छ अब थप नहोस् भनेर हामीले केही कसरतहरु सिकाइदिन्छौं । पछि उहाँले घरमा गर्नुहुन्छ । तेस्रो पक्ष रिकरेक्सन विधि भन्छौं । कसैको ढाड बाँगियो, कसैको गर्धन बाँगियो । कसैको काम गर्ने शैली कम्प्युटर, मोबाईलमा न्युरिने९झुक्ने० बानी छ । सो पोस्चरलाई करेक्सन गर्नका लागि फिजियोथेरापीस्टको निगरानी आवश्यक पर्छ । सो प्यासिभ मेथड भयो । त्यसमा काइरो मोविलाईजेसनहरु गर्छौं । यसमा जुन उहाँको सिट बिग्रिएको छ, शरीरको एट्टीच्युट बिग्रिएको छ । त्यो चिजलाई हामीले रि करेक्ट गरेर रि पोजिसनिङ गरेर फिट गर्ने विधि भयो ।

अहिलेको मोर्डन लाईफमा कसैको हड्डी कमजोर हुने, कसैको कसैको फिजिकल एक्टिभिटीको कारणले कसैको ओझन बढी हुन्छ । फिजिकल एक्टिभिटी कम हुन्छ । खानपान नियन्त्रित छैन । खानपान सन्तुलित छैन, यस्तो कारणले विशेष गरेर हाडजोर्नी र नशाको तिब्र गतिमा बढीरहेको छ । आजको समयमा फिजियोथेरापीको सान्दर्भीकता झन् बढेर गएको छ ।

फिजियोथेरापी गर्दा कस्ता कस्ता कुरामा सावधानी अपनाउनुपर्छ ?

फिजियोथेरापी गर्दा रोग अनुसार केही चिज गर्न मिल्ने केही चिज गर्न नमिल्ने हुन्छ । मानौं कसैलाई मुटुमा पेसमेकर जडान गरिएको छ, चाल बिग्रिएको कारणले । मुटुको चाललाई फेरि गतिमा राख्न आर्टिफिसियल डिभाइस पेसमेकर जडान गरिएको छ । अब यो डिभाइस लगाएर एमआरआई गर्न मिल्दैन । त्यो लगाएर सिटि स्क्यान गर्न मिल्दैन । जहाँ वेबको काम हुन्छ त्यसमा प्रयोग गर्न मिल्दैन । त्यो ग¥यो की त्यसलाई कन्डक्ट गर्छ, अन्तिममा चाललाई स्लो गरिदिन्छ । र, अन्तिममा हृदयघात हुनसक्छ । त्यसैले त्यस्ता चिजहरुमा सावधानी अपनाउनुपर्छ ।

जस्तैः अप्रेसन गरेको छ मेटलको सामग्रीहरु शरीरभित्र हालेको छ भने त्यस्तो चिजमा गर्न मिल्दैन । रेडियोथेरापी, क्यामोथेरापी क्यान्सरको ट्रिटमेण्टबाट गराइरहेको व्यक्तिहरुलाई तत्कालै फिजियोथेरापी गर्न मिल्दैन । प्रग्नेन्ट वुमेनहरु छ, त्यो सराउण्डिङ एरियामा कुनैपनि विद्युतीय मेसिनहरु फिजियोथेरापी गर्न मिल्दैन । अल्सर, घाउहरु कसैलाई भइरहेको छ, यस्तो चिजमा सामान्य रुपमा गर्न मिल्दैन । हरेक चार पाँच जनामा एक जनामा सुगर छ । सुगरका बिरामीहरुलाई फिजियोथेरापी गर्नुपरेपनि सावधानी अपनाउनुपर्ने हुन्छ ।

कस्ता-कस्ता बिरामीहरुले फिजियोथेरापी गर्नुपर्ने हुन्छ ?

फिजियोथेरापी गर्न मिल्ने भनेको एउटा त फिटनेसको हिसावले गर्न मिल्छ । फिट हुनका लागि हामीलाई यस्तो समस्या नहोस् भनेर प्रोटेक्सन गर्नका लागि फिजियोथेरापी गर्न मिल्छ । कुनैपनि रोग लागेको छ भने त्यो रोगबाट बच्नको लागि गर्न मिल्छ । जसरी हाड जोर्नीको कुनैपनि समस्या भएको, घुँडा दुखेको, ढाड दुखेको, कम्मर दुखेको, कुम जाम भएको, नारिको नशा जाम भएको, कम्मर, गर्धनको नशा च्यापिएको, जन्मजात जोर्नीहरु बिग्रिएको, कसैलाई प्लाष्टरपछि जोर्नीहरु बिग्रिएको छ, अप्रेसन पछि बिग्रिएको छ । कसैलाई पोलेर, जलेर पछि जोर्नीहरु खुम्चिएको छ । कसैको सर्जरी गरेपछि बिग्रिएको छ । कसैलाई लेप्रोसी भन्ने रोग छ, त्यसको कारणले बिग्रिएको छ । वा कसैलाई निमोनिया छ वा कसैलाई दम पटकपटक हुन्छ, यस्ता विविध रोगहरुमा फिजियोथेरापीको मद्दत लिन सकिन्छ । यस्ता रोगहरुको उपचार गरिन्छ । फिजियोथेरापीमा नयाँ नयाँ प्रविधि आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.