नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहको भिड

  २०८० भदौ ३१ गते १०:१०     विकासन्युज

काठमाडौं | नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शो मा फरक शैलीमा स्टल राखेर आउने ग्राहलाई बाइ वान गेट वान फेसिलीटी उपलब्ध गराउदै आइरहेको छ |

बाइ वान गेट वान फिर्र फेसिलीटी अन्तर्गत ३०० कि मि वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन् भने ग्राहकले वुलिंगको स्टलबाट त्यही बसेर फाइनान्स को सुबिधा , गाडी एस्क्चेंज को सुबिधा पाउने छन् |

नाडा अटोशो मा रहेको वुलिग को स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रदशनीमा राखेको छ जसमा जनकपुरधाम , कुमारी ,स्वयम्भु , बसन्तपुर दरवार , डमरु इत्यादि सम्पूर्ण कुरा समाबेश गरिएको छ |

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ नाडा शोमा वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहक को भिड छ भने अहिले सम्म ५९ ओटा बुकिंग भैसकेको छ । १०० को स्पिडमा कुदाउन मिल्ने र रिमोट बाट नै अन अफ हुने इन्डोनेसिएन प्रोडक्ट वुलिंग हो |

नाडा शो १२ देखि १७ सेप्टेम्बर २०२३ सम्म भ्रीकुटिमण्डप मा हुने छ भने आइतबार अन्तिम दिन हो र अन्तिम दिन सम्म कम्पनीले १०० ओटा बुकिंग लिने लक्ष्य बनाएको छ

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप ३१ बर्ष पुरानो ब्यापारीक घरना हो ।

काठमाडौ को नक्साल, भैसेपाटी, भक्तपुर मा आधिकारिक शोरुम बाट बिक्री भैरहेको छ | नेपाल भरी रहेको ५१ भन्दा बढि नेपाल बिधुत प्राधिकरण को चार्जिङ्ग स्टेसन बाट सजिलै ३ घन्टा मा फुल चार्ज गर्न सकिने । यो इन्डोनेसिया बाट आयात गरेको सन्सार को बलियो सिटि कार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.