आईपीओ निष्काशन प्रस्ताव पारित गर्न एकर्ड फर्मास्युटिकल्सले डाक्यो साधारणसभा

  २०८० भदौ २९ गते ८:१३     विकासन्युज

काठमाडौं । आईपीओ निष्काशन प्रस्ताव पारित गर्न एकर्ड फर्मास्युटिकल्सले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले असोज २१ गते साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा बसेरा बुटिक होटल बबरमहल काठमाडौंमा दिउँसो १ बजे बोलाइएको छ ।

कम्पनीको सभाले सर्वसाधारणका लागि यसअघिकै साधारसभाबाट छुट्याइएको सेयरमा पूँजी वृद्धिका कारण हुन गएको संशोधनलाई अनुमोदन गर्नेछ । यस्तै, पूँजी वृद्धिपश्चात् कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले जारी पूँजीको १२ प्रतिशत अर्थात् ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाण्डौ उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरणसहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो । कम्पनीले व्यावसायिक उत्पादन २०२१ देखि सुरु गरी व्यावसायिक कारोबार सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.