व्यवसायी सराफले क्रिप्टोमार्फत् गरे १ अर्ब भुक्तानी

  २०८० भदौ २७ गते १३:१५     विकासन्युज

काठमाडौं । ६१ किलोग्राम सुन प्रकरणमा सुनचाँदी व्यवसायी शिव कुमार सराफ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआईबी)ले ६१ केजी सुन प्रक्रणमा संलग्न रहेको भन्दै व्यवसायी सराफलाई पक्राउ गरेको जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको सीआईबीले बताएको छ । व्यवसायी शिव कुमार सराफ सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष हुन् ।

सीआईबीका अनुसार व्यवसायी सराफ सुन किनबेचमा संलग्न रहेका थिए । उनले सुन खरिद गरेवापत् भारतबाट भुक्तानी गरेका थिए ।

उनले क्रिप्टोमार्फत् सुन खरिद गरेको रकम भुक्तानाी गरेको सीआईबीले बताएको छ । क्रीप्टोमार्फत् उनले १ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.