सुन तस्करको लागि खडा गरिएका सात कम्पनी, कुन कुन ? (सञ्चालकसहित)

  २०८० भदौ २७ गते १२:५७     विकासन्युज

काठमाडौं । सुन तस्करको लागि विभिन्न ७ वटा कम्पनी, गोदाम तथा स्टोर खडा भएको देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तथ्यांक अनुसार ६०.७१६ किलो सुन प्रकरणमा विभिन्न स्थानका ७ वटा कम्पनी तथा गोदाम खडा गरिएको पाइएको हो ।

जसमा बाँसबारीको छुगक इलेक्ट्रिक सप्लायर्स काठमाडौं रहेको छ । जसको सञ्चालकमा लेखनाथ कार्की डोली रहेका छन् ।

त्यस्तै, चाबहिलको गोपिकृष्ण पारीको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि पनि सुन तस्करको लागि खडा गरिएको थियो । जसको सञ्चालकमा राम कुमार भुजेल रहेका छन् ।

सामाखुसीको ह्वाडा इलेक्ट्रिक सप्लायर्स, वाँसवारीकिो पवाटी ईलेक्ट्रिक सप्लायर्स र लाजिम्पाटस्थित हात्तिगौडाको दोलखा इलेक्ट्रिक सप्लायर्स पनि संलग्न देखिएको छ । जसको संचालक क्रमशः राम बहादुर भुजेल र बिकुन्द्र भुजेल रहेका छन् ।

त्यसैगरी, बालुवाटारको रेडी ट्रेड प्रा.लि र बुढानिलकण्ठको सरिता सप्लायर्स सुन तस्करको लागि खडा गरिएको सीआईबीको अध्ययनले देखाएको छ । यी दुई कम्पनीको सञ्चालकमा क्रमशः दिलिप भुजेल र सरिता तामाङ रहेका छन् ।

कुन कुन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.