वित्तीय साक्षरताका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले छुट्यायो २० लाख, आशय प्रस्ताव आह्वान

  २०८० भदौ २७ गते ७:२२     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो ।

बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी, आप्रवासी कामदार, विद्यार्थी वर्गलाई वा कुनै एक विपन्न लक्षित समुदायको लागि वित्तीय साक्षरता अभिवृद्धि गरिनेछ ।

सामुदायिक परियोजनामा रणनीतिक साझेदारको रुपमा कार्य गर्न इच्छुक गैर नाफामुलक संघसंस्थाले आशय प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । यस परियोजनाको बजेट बढीमा १२ महिनाको लागि २० लाख रुपैयाँ तय गरिएको बैंकले जनाएको छ । तर, सम्झौता अवधि थप हुन पनि सक्नेछ ।

कम्तीमा ५ प्रदेशमा वित्तीय साक्षरता परियोजना संचालन र व्यवस्थापन गर्न सक्ने तर, ७ वटै प्रदेशमा परियोजना संचालन गर्न सक्ने क्षमता भएकोलाई पहिलो प्राथमिकता दिइनेछ । सामुदायिक परियोजनामार्फत उपलब्धि हासिल गरेको बलियो रेकर्ड प्रस्तुत गर्न सक्ने हुनु पर्ने बैंकले बताएको छ ।

गैर नाफामुलक संस्था, सरकारी वा राजनैतिक भातृ संगठन नभएको, समान प्रकृतिका क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य गरिसकेको प्रमाणित अभिलेख भएको, कम्तीमा ३ वर्षको वार्षिक लेखा परिक्षण गरेको हुनु पर्नेछ । इच्छुक संघ संस्थाले सूचना प्रकाशित मितिले १५ दिनभित्र आशय पत्र पठाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.