७४ रुपैयाँको सेयर नकिनेर किन ४३५ को आईपीओमा लालायित हुँदैछन् लगानीकर्ता ?

  २०८० भदौ २५ गते १३:५३     सीआर भण्डारी

काठमाडौं । पछिल्लो पटक विभिन्न ८ कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरे । घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरे ।

जसमध्ये घोराही सिमेन्टले ३३५ रुपैयाँ, सोनापुर मिनरल्सले १३७ रुपैयाँ, आइएमई लाइफले १३६.९१ रुपैयाँ, सन नेपाल लाइफले १३९ रुपैयाँ, रिलायबल लाइफले १५७ रुपैयाँ, सिटिजन लाइफले १४४ रुपैयाँ, भगवती हाइड्रोले १६ रुपैयाँ र माण्डु हाईड्रोले १०६ रुपैयाँ प्रिमियम थप गरेर आईपीओ निष्काशन गरेका हुन् । लगानीकर्ताहरुले यसअघि आईपीओमा आवेदन दिँदा प्रतिकित्ता १ सय रुपैयाँ तिर्दै आएका थिए । तर, यी कम्पनीमा भने माथि उल्लेखित रकम थप गरेर आवेदन दिनु पर्याे ।

यी कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले अर्बाैं रुपैयाँ बराबरको आवेदन दिए । तर, आइतबारको तथ्याङ्क अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३८ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेका छन् । जसमध्ये समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य अंकित मूल्य १ सयभन्दा पनि कममा कारोबार भइरहेको छ ।

दोस्रो बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेका ३८ वटा कम्पनीहरुमध्ये अधिकांश जलविद्युत क्षेत्रका छन् । नेप्सेका अनुसार २८ वटा हाइड्रोपावर कम्पनीको सेयर प्रतिकित्ता ११८ रुपैयाँदेखि १९७.९० रुपैयाँमा कारोबार भइरहेका छन् । जसमध्ये सबैभन्दा सस्तो हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ११८ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, नेशनल हाइड्रो १३३ रुपैयाँ, दिब्येश्वरी हाइड्रो १३८ रुपैयाँ, शिबश्री हाइड्रो १३९.२० रुपैयाँ, आँखुखोला हाइड्रो १४५ रुपैयाँ, लिबर्टी इनर्जी १४९ रुपैयाँ, पञ्चकन्यामाई हाइड्रो १५४ रुपैयाँ, अरुण काबेली पावर १५५.१० रुपैयाँ र युनियन हाइड्रो १६० रुपैयाँमा कारोबार भइरहेका छन् ।

घलेम्दी हाइड्रो १६२ रुपैयाँ, सिनर्जी पावर १६३.५ रुपैयाँ, मोदि इनर्जी १६४ रुपैयाँ, खानी खोला हाइड्रो १६४ रुपैयाँ, मोलुङ हाइड्रो १६६.२ रुपैयाँ, अपि पावर १६६.९ रुपैयाँ, युनाइटेड मोदि हाइड्रो १७०.३ रुपैयाँ, युनिभर्सल पावर १७२ रुपैयाँ, हिमालयन हाइड्रो १७४ रुपैयाँ र माउन्टेन हाइड्रो १७५ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

यस्तै, मायाखोला हाइड्रो १७७.६ रुपैयाँ, रिडी पावर १८८ रुपैयाँ, भूगोल इनर्जी १८८ रुपैयाँ, न्यादी हाइड्रो १९४ रुपैयाँ, दोल्ति पावर १९४.९० रुपैयाँ, जोशी हाइड्रो १९५ रुपैयाँ, बलेफी हाइड्रो १९५ रुपैयाँ, मोन्छियाम हाइड्रो १९५.५ रुपैयाँ र दोर्दि खोला हाइड्रो १९७.९० रुपैयाँमा कारोबार भएको छ ।

अर्बाैं रुपैयाँ बराबरको चुक्ता पूँजी भएका केही वाणिज्य बैंकहरुको सेयर मूल्य २ सय रुपैयाँभन्दा कम मूल्यमा भइरहेका छन् । जसमध्ये कुमारी बैंकको १५६.५० रुपैयाँ, प्रभु बैंक १६९ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १७५.२० रुपैयाँ, प्राइम बैंक १८० रुपैयाँ, सिटिजन्स बैंक १८४ रुपैयाँ, लक्ष्मी सनराइज बैंक १८५.६० रुपैयाँ र ग्लोबल आइएमई बैंक १९९.५० रुपैयाँमा कारोबार भइरहेको छ ।

दोस्रो बजारमा अन्य विभिन्न कम्पनीको सेयर मूल्य २ सय रुपैयाँभन्दा कम छ । जसमध्ये हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको १६४.९० रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९४.५० रुपैयाँमा कारोबार भइरहेको छ ।

दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । अधिकांश लघुवित्तको सेयर मूल्य ४ सय रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको छ । तर, समाज लघुवित्तको सेयर मूल्य अंकित मूल्यभन्दा कममा कारोबार भइरहेको छ । आइतबारको तथ्याङ्कअनुसार समाज लघुवित्तको सेयर ७४ रुपैयाँमा कारोबार भएको छ ।

लगानीकर्ता तारा फुलेल नियामकले दोस्रो बजारमा सेयर मात्रै सप्लाई गर्ने काम गरिरहेको बताउँछन् । उनका अनुसार दोस्रो बजारमाभन्दा प्राथमिक बजारमा लगानीकर्ताको संख्या बढी भएका कारण पनि महँगो मूल्यमा आईपीओ आए पनि आवेदन दिने गरेका छन् ।

‘आईपीओमा आवेदन दिने सबै लगानीकर्ता दोस्रो बजारमा कारोबार गर्दैनन्, आईपीओमा मात्रै आवेदन दिने लगानीकर्ताको संख्या बढी देखिन्छ, जो दोस्रो बजारमा कारोबार गर्न चाहँदैनन्,’ उनले भने ।

लगानीकर्ता र धितोपत्र बोर्डबीच केही दिनअघि भएको छलफलमा खस्कदो बजारमा आईपीओ र हकप्रद सेयर जारी गर्न दिएर सप्लाई बढी भयो, केही समय स्थगन गर्न माग गरेको लगानीकर्ता फुलेल बताउँछन् । साथै, आईपीओ निष्काशन प्रक्रिया केही समय ढिला गर्न माग गरेको उनको भनाइ छ । बजारमा सुधार आएपछि मात्रै आईपीओ निष्काशन गर्न दिनु पर्ने माग गरेको उनले बताए ।

‘बजारमा डिमाण्ड बढाउन जोड गर्नु पर्याे, अहिले पनि तरलता अभाव छ, बैंकहरुसँग पैसा छ तर, लगानीकर्ताहरु ऋण लिएर लगानी गर्न चाहेका छैनन्, किनभने ब्याजदर अहिले पनि महँगो छ,’ उनले भने, ‘बजारमा अस्थीर बनेको र लगानीकर्ताको मनोबल घटेको छ किनभने राज्य संयन्त्र पनि पूँजी बजारप्रति चासो दिन दिइरहेका छैन ।’

साथै, राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा लगाएपछि ठूला लगानीकर्ता बजारमा आउन नसकेको उनकाे भनाइ छ । ५० लाख रुपैयाँसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भारको व्यवस्था राष्ट्र बैंकको देखाउन मात्रै लागू गरेको उनको बुझाइ छ । बैंकहरुले ब्याजदर घटाउन चाहेको भएपनि राष्ट्र बैंकले घटाउन नदिएको उनको भनाइ छ । तर, नेपाल धितोपत्र बोर्डले भने प्रक्रिया पुरा गरेर आएका कम्पनीलाई रोक्न नमिल्ने जवाफ दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.