प्रभु बैंकका १५ जना सेयरधनी १४ लाख कित्ता सेयर बेचेर बाहिरिँदै

  २०८० भदौ २२ गते ८:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् ।

बैंकबाट एकैपटक १५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक १५ जना सेयरधनीहरुले १४ लाख १६ हजार ७६३ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

बैंकले संस्थापक सेयरधनी इश्वर कुमार श्रेठको नाममा रहेको ३५ हजार कित्ता, बिन्दु कुमार थापाको १ लाख ८ हजार ६५५ कित्ता, उमेश चन्द्र राईको १९ हजार ८१३ कित्ता, कविता पोख्रेलको ५० हजार ६३७ कित्ता र विश्वनाथ कडेलको ५८ हजार ५५९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यस्तै, मनोज मान शाक्यको ३४ हजार ५८५ कित्ता, सम्यक उदासको ४ हजार ११८ कित्ता, तुल्सी प्रसाद श्रेष्ठको ३४ हजार ५८५ कित्ता, शान्ति सुल्प्याको २४ हजार ७०३ कित्ता र अर्जुन बिष्टको ९ हजार २९९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

त्यसैगरी जानुका खड्काको २७ हजार कित्ता, बिनिता अधिकारीको ८ लाख ७५ हजार ८७० कित्ता, बिनु श्रेष्ठको ३२ हजार ५१४ कित्ता, बोध प्रसाद त्रिपाठीको ५८ हजार ६८४ कित्ता र ध्रुब चन्द्र धिताको ४२ हजार ७४१ कित्ता सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो समयमा संस्थापकले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.