नबिल बैंक भोजपुर शाखा स्थानान्तरण, भाडामा भवन खोज्दै

  २०८० भदौ २२ गते ७:०९     विकासन्युज

काठमाडौं । नबिल बैंकको भोजपुर शाखा स्थानान्तरण गरिने भएको छ । बैंकले हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो ।

उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन आवश्यक परेको हो । बैंकका अनुसार भोजपुर नगरपालिका ७ क्षेत्रमा १ हजारदेखि १ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन आवश्यक परेको हो ।

प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भुईं तल्ला वा पहिलो तल्ला भएको भवन हुनु पर्ने बैंकले जनाएको छ ।

प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

भवनको भूईं तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.