महालक्ष्मी विकास बैंकका ग्राहकलाई पाँच संस्थामा १५ प्रतिशतसम्म छुट

  २०८० भदौ १९ गते १३:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न पाँच संस्थाका सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

स्वास्थ्य, श्रृङ्गार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थामा ग्राहकलाई छुट दिने व्यवस्था मिलाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकले जनकपुरको नव जीवन अस्पतालमा अस्तापलको सेवाका १५ प्रतिशत, फार्मेसीमा १० प्रतिशत, अन्य परीक्षणमा २० प्रतिशत छुट पाउने बैंकले बताएको छ । त्यसैगरी, बैंकका ग्राहकले उक्त अस्पतालमा दुई हजार रुपैयाँमा हेल्थ प्याकेज पाउने भएका छन् ।

त्यसैगरी, हेटौंडाको क्राउन्स कलेक्सनमा महिलाका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको बैंकले बताएको छ । भैरहवाको सिद्धार्थनगरमा न्यू बिजी विन्समा बैंकका ग्राहकले फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।

त्यसैगरी, मकवानपुरको मनहरी–७ स्थित मनहरि हेयर एण्ड ब्यूटी युनिसेक्स सैलुनमा महालक्ष्मी विकास बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौंको कोटेश्वरस्थित हुक हस्पिटालिटी प्रालिमा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउने बैंकले बताएको छ ।

ती कम्पनीहरुसँग बैंकले सम्मझदारी गरेर ग्राहकलाई छुट दिने व्यवस्था मिलाएको बताएको छ ।

महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका छुट सुविधा लिन सक्ने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.