नाकामा पानीका जारको अनुगमन : गुणस्तरमा शंकै शंका

  २०८० भदौ १८ गते १३:४४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीको गुणस्तरको अनुगमन सुरु गरेको छ । महानगरपालिका अन्तरगतको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले पछिल्लोे समय पानीको गुणस्तरको अनुगमन गर्दै आएको हो ।

पानी व्यवसायीहरुले पानी भर्न प्रयोग गर्ने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पठाएपछि समितिले कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालेको हो । अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा शंकै शंका देखिएको जनाईएको छ ।

उक्त समितिले सोमबार वडा नं. ३२ जडीवुटीबाट कागेश्वरी मनोहरा सडक खण्डमा अनुगमन गरेको छ । समितिले अनुगमनका क्रममा ११ वा ट्रिपरमा ल्याईएको पानी र जारको अवस्थाको बारेमा अवलोकन गरेको थियो ।

कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाले अनुगमनका क्रममा एउटै गाडीमा फरक फरक कम्पनीका जारहरु भेटिएको जानकारी दिए ।

‘अवलोकनका क्रममा गाडीमा भएकामध्ये आधामा लेवल राखिएको, आधामा नभएको, कुच्चिएको, चुहिने, फुटेका जार सराबरी थिए, पानीको बिल र चलानी कसैसँग पनि थिएन’, उनले भने ।

गाडीका चालक तथा सहचालकले आपूmलाई यो विषयमा कुनै जानकारी नभएको र साहुलाई सोध्न आग्रह गरेका थिए ।
समस्या देखिएकामध्ये महानगरले १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार जफत गरेको छ ।

पछिल्लो समय पानीको जारमा कीरा भेटिएको गुनासो लिएर उपभोक्ताहरु विभागमा आएपछि विभागले खानेपानीको अनुगमन गर्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.