श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, प्रतिघण्टा ८९ रुपैयाँ पाउने

  २०८० साउन ३२ गते २०:३४     विकासन्युज

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रूपैयाँ हुने गरी वृद्धि गरेको छ ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

चिया बगान बाहेकको क्षेत्रमा मासिक पारिश्रमिक लिएर काम गर्ने श्रमिकले न्यूनतम १० हजार ८२० रुपैयाँ न्यूनतम पारिश्रमिक र ६ हजार ४८० रूपैयाँ महङ्गी भत्ता पाउने गरी सरकारले श्रमिकको पारिश्रमिक निर्धारण गरेको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले भने दैनिक ४१८ रुपैयाँ आधारभूत पारिश्रमिक र २५० रुपैयाँ महंगी भत्ता गरी ६६८ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी, प्रतिघण्टा ५६ रुपैयाँ आधारभूत पारिश्रमिक र ३३ रुपैयाँ महंगी भत्ता गरी ८९ रुपैयाँ तोकिएको छ ।

आंशिक समय मात्रै काम गर्ने श्रमिकले भने प्रतिघण्टा ९५ रुपैयाँ पाउने गरी सरकारले पारिश्रमिक तोकेको छ ।

चिया बगानमा काम गर्ने श्रमिकले भने आधारभूत पारिश्रमिक आठ हजार ९३४ र महंगी भत्ता चार हजार ९५९ गरी कुल १३ हजार ८९३ पाउने गरी न्यूनतम पारिश्रमिक तोकिएको छ ।

सरकारले साउन १ गतेबाटै लागू हुने गरी पारिश्रमिक निर्धारण गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.