एनएलजी इन्स्योरेन्सले कमायो २४ करोड बढी नाफा, अन्य सूचकमा उत्साहजनक प्रगति

  २०८० साउन ३१ गते १९:००     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष आर्थिक वर्ष २०७९/८० मा सामान्य अर्थात एक प्रतिशत बढी नाफा गरेको हो ।

गत असारसम्म कम्पनीको कूल बीमाशुल्क आर्जन बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सले २३ कराड ६० लाख रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत वर्ष २ अर्ब १४ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको कूल दावी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी बढेर १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष घटेर २६ करोड ५२ लाख रुपैयाँ र बीमा कोष बढेर एक अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०९.५० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५०.८५ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.