राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

  २०८० साउन ३१ गते ७:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘ट’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ५ अर्ब ८४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले साउन ३२ गते बोलकबोल मार्फत् बिक्री गर्ने र भदौ १ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.