नाफामा १८५ प्रतिशत छलाङ् मारेको हिमालयन एभरेष्टको ईपीएस १७.४१ रुपैयाँ

  २०८० साउन ३० गते ८:१५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८५ प्रतिशत नाफा बढाएको हो ।

गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ३८ प्रतिशत बढेर १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८५ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी ३ प्रतिशत बढेर ६० करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४.९५ प्रतिशत घटेर २ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ६४ प्रतिशत बढेर ६९ करोड ८ लाख रुपैयाँ र बीमा कोष १२.८४ प्रतिशत बढेर १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १७.४१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.