ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

  २०८० साउन २२ गते १०:११     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा  पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवास प्रकरणमा मुछिएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह,  दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी विरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको हो।

संगठित अपराधमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उक्त प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी लिईसकेको छ । बालुवाटारस्थित ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चारवटा मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.