नरैनापुरका अध्यक्षद्वारा भारतको श्रावस्तीमा भएको कार दुर्घटनाप्रति शोक व्यक्त

  २०८० साउन २१ गते १६:४५     विकासन्युज

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भारतको श्रावस्तीमा भएको कार दुर्घटनामा परी नेपालगंजका २ परिवारका ६ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् ।

गए राति भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिता गुप्ताको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका कार चालक अजय मिश्रको उपचार भइरहेको छ ।

अध्यक्ष शाहले सामाजिक सञ्जालमा लेख्नु भएको छ –’ भारतको श्रावस्ती जिल्लामा सवारी दुर्घटना हुँदा नेपालगंजका ६ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएका गाडी चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.