प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

  २०८० साउन १८ गते १९:२५     विकासन्युज

काठमाडौं । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ ।

साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएका कारण सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त हुँदै छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

त्यसैगरी, महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य नियुक्तिको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय भएको बताए ।

‘प्रधानन्यायाधीश पदमा विश्वभर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको छ । महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको छ’, तिमल्सिनाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.