सरकारको जवाफ : सुन तस्करी छानविनमा अर्को समिति चाहिँदैन

  २०८० साउन १८ गते १७:०५     विकासन्युज

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ छानविन समिति आवश्यक नभएको बताएकी हुन् ।
‘सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारीरुपमा अघि बढेको छ ।सरकारले नचाहेको भए सम्भवतः यो सुन समातिने थिएन । राजश्व अनुसन्धान विभाग सरकारकै निकाय हो, त्यसले नै अनुसन्धानका काम अघि बढाइरहेको’, शर्माले भनिन् ।
प्रमुख प्रतिपक्ष दलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिइरहेको भन्दै सरकारी निकायबाट भइरहेको अनुसन्धानलाई उच्चस्तरी समिति बनाएर प्रभावित गराउन नहुने शर्माले बताइन् ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजश्व अनुसन्धान विभागले अहिले अनुसन्धान गरिरहेको र सुन तस्करी प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको भन्दै अर्को समिति माग गरेर अनुसन्धानलाई डाइभर्ट गर्न खोजिएको मन्त्री शर्माको आरोप छ ।

‘प्रभावकारी रुपमा अनुसन्धान भइरहेको बेला डाइभर्ट गर्ने कुराले अनुसन्धान प्रक्रियामा प्रभाव पर्छ । हिजो ३३ किलो सुनका बेलामा पनि छानबिन समिति बनेनन्, अरु बेलामा पनि बनेनन्, अहिले पनि सरकार आफैँले छानबिन गरिरहेको छ’, शर्माले भनिन्, ‘अर्को समिति बनाउँदा अनुसन्धान प्रभावित हुन्छ र वास्तविक दोषी समात्न समय लाग्छ, सम्भवतः दुई चार दिनमा कुरा मिल्छ र संसद चल्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.