सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति

  २०८० साउन १७ गते १९:२७     विकासन्युज

 

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

बुधबार बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

कम्पनीको जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ । जसको ४० प्रतिशतले हुने एक करोड २३ लाख २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम सहित २२५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने गरी स्वीकृति पाएको छ ।

सर्वसाधारणका लागि भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित २३७ रुपैयाँ ५८ पैसा प्रतिकित्ताको दरले सेयर बिक्री गर्ने अनुमति कम्पनीले पाएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले पश्चिम नेपालको दाङमा उद्योग स्थापना गरी सोना ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.