ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्टको पाँचौँ संस्करण आयोजना गर्दै

  २०८० साउन १४ गते १९:०८     विकासन्युज

काठमाडौं । ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । ग्लोबल रिच नेपालले इन्टर स्कुल ए–लेभल तथा आइबिडीपी फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको हो । उक्त फुटसल प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा ए–लेभल तथा आइबिडीपी स्कूल सहभागी हुने ग्लोबल रिच नेपालले जनाएको छ ।

एक दिन सञ्चालन हुने उक्त प्रतियोगिता ढुकु फुटसल हव बालुवाटारमा हुने जनाएको छ । यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वास्थ्य र मनोबलमा राम्रो प्रभाव पार्ने आयोजकको विश्वास छ । प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाइने छ ।

प्रतियोगिता विहान १० बजे देखि सञ्चालन हुनेछ । प्रतियोगिमा प्रथम हुनेले ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले रनरअफ ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । ग्लोबल रिच नेपालद्वारा आयोजित इन्टर स्कुल ए लेभल र आइ बि डी पी फुटसल टुनामेण्ट प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।

ग्लोबल रिच नेपालले अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, युके, क्यानडा लगायतका देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि अन्तर्राष्ट्रिय शिक्षाका बारेमा विगत ३२ वर्ष देखि निःशुल्क परामर्श प्रदान गर्दै आएको छ ।

उक्त प्रतियोगितामा निम्न स्कूलहरुको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.