हवाई टिकटमा भ्याट लगाउने निर्णयमा कारण देखाउ आदेश जारी

  २०८० साउन १४ गते १७:५७     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट लगाउने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधिश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारका नाउमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

हवाई टिकटमा भ्याट लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले साउन ११ गते अदालतमा रिट दायर गरेको थियो । सरकारले विना अध्ययन र तयारी हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएर नेपाल गन्तव्यलाई महँगो बनाएको ट्राभल व्यवसायीको भनाइ छ ।

हवाई टिकटमा कर लगाउने विषय व्यावहारिक नभएको, कर लगाइहाले पनि विश्वकै महंगो गन्तव्य नेपाल बन्ने दाबी ट्राभल व्यवसायीको छ ।

यस विषयको सम्बोधन गर्न माग गर्दै केही दिन अघि पर्यटन व्यवसायी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्न मन्त्रालय पुगेका थिए । मन्त्री महतले उनीहरुलाई हप्काएर पठाएको बुझिएको छ । त्यसपछि व्यवसायीहरु कानुनी उपचारका लागि अदालत पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.