प्रभु क्यापिटलको लोयल्टी र रिफरल टिकटक कम्पिटिसन, विजेताले १० हजार पाउने

  २०८० साउन ७ गते १६:५४     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवाग्राहीका लागि सेवासंगै लोयल्टी पोइन्ट्स अफरका साथै रिफरल स्किम सार्वजनिक गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन’ संचालनमा ल्याएको छ । यस योजना साउन मसान्तसम्म संचालन हुने जनाएको छ ।

यस टिकटक कम्पिटिसन अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटलको टिकटक अकाउण्टमा राखिएको जिंगलको ओरिजिनल साउण्डमा टिकटक बनाई ह्यसट्याग #prabhuloyaltyandreferal  राखी पोष्ट गर्नुपर्ने हुन्छ । सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रूपैयाँ जित्न सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । लोयल्टी पोइन्ट्स अफर तथा रिफरल स्किम बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.