कतिले घट्यो सेयरधितो कर्जा, घरजग्गा र हायर पर्चेजको जोखिमभार ?

  २०८० साउन ७ गते १६:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट बैंकले सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो ।

‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ माौद्रिक नीतिमा भनिएको छ ।

निजी क्षेत्रले घरजग्गा, सवारी तथा सेयर धितो कर्जाको जोखिमभारलाई १५० प्रतिशतबाट ७५ प्रतिशतमै झार्नुपर्ने सुुझाव दिएका थिए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जा लगायत तीन वटा जोखिम भार २५ लाखसम्मको १ सय र त्यो भन्दा बढिको मा १५० प्रतिशत रहेकोमा अब ५० लाखसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम गर्ने बताए । उनका अनुसार घरजग्गाको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम हुने बताए ।

यस्तै, अटोलोनको जोखिम भार पनि घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.