फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी

  २०८० साउन ७ गते १५:२०     विकासन्युज

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका  युवा ठाकुर भुसालको आँपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् ।

‘झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्’, उनले भने, ‘अहिले घरमै थोकमा रु ८० प्रति किलोमा आँपको बिक्री हुने गरेको छ ।’ 

व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक १६ लाख रुपैयाँभन्दा बढी कमाउने गरेको उनले सुनाए । उनले बेमौसमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गरेका छन् । अठार वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन । व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताए । तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.