आधा पनि ऋण बजारमा नगएपछि घटाइयो कर्जा विस्तार लक्ष्य

  २०८० साउन ७ गते १४:५५     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा लक्ष्यको आधा पनि ऋण विस्तार हुन नसकेपछि राष्ट्र बैंकले ऋण विस्तारको लक्ष्य घटाएको छ ।

केन्द्रीय बैंकले आइतबार जारी गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा कर्जा वृद्धीको लक्ष्य घटाएको हो ।

‘बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण रहेको छ’, मौद्रिक नीतिमा भनिएको छ ।

गत वर्ष केन्द्रीय बैंकले १२.६ प्रतिशत कर्जा वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, कर्जा विस्तारको अवस्था करीब ६ प्रतिशतमा सीमित भएको थियो ।

चालु आर्थिक वर्षमा सरकारले बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धि दर लक्ष्य लिएको छ ।

तर, राष्ट्र बैंकले भने कर्जा विस्तारको लक्ष्य घटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.