अब विदेशी ऋण भुक्तानी डलरमै गर्नु पर्ने

  २०८० साउन ७ गते १४:२४     विकासन्युज

काठमाडौं । विदेशी ऋण भुक्तानी अब डलरमै गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा यसअघिको व्यवस्थालाई हटाएर डलरमै भुक्तानी गर्नु पर्ने व्यवस्था लागु गरेको हो ।

‘कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने छ’, मौद्रिक नीतिमा भनिएको छ ।

सरकारले कोरोनाका कारण भन्दै विदेशी ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्ने सुविधा दिएको थियो । कोरोना महामारी साम्य भएको लामो समयपछि सरकारले उक्त व्यवस्था हटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.