अब विदेश भ्रमणमा जाँदा २५ सय डलरसम्म साट्न पाइने

  २०८० साउन ७ गते १४:०९     विकासन्युज

काठमाडौं । विदेश भ्रमणमा जाने नेपाली नागरिकले अब २५ सय डलरसम्मको सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा डलर सटहीको सुविधा थप गरेको हो ।

‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।

यसअघि वर्षमा २ पटक विदेश भ्रमणमा जाने नेपालीले १५ सय डलरसम्म मात्रै सटही सुविधा पाउने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.