फोकसवान पेमेन्ट सोलुसन्स् र कृषि विकास बैंकबीच भुक्तानी सेवा सम्झौता

  २०८० साउन २ गते ११:२९     विकासन्युज

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् द्वारा संचालित मोको डिजिटल वालेट र कृषि विकास बैंक बीच भिजा कार्ड कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

कृषि विकास बैंकका ग्राहकहरुलाई आफ्नो भिजा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी १५,००० भन्दा बढी मर्चेन्टको भुक्तानी समेत गर्न सक्नेछन् ।

हाल मोको डिजिटल वालेटमा २० वटा बैंक तथा बितिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिजा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपाल कै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स् हो ।

विषेश गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.