राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर खोज्दै

  २०८० असार २९ गते ८:५२     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर भाडामा लिने भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको स्थान रामशाह पथदेखि ५ सय मिटरसम्मको दूरी अर्थात् अनामनगर हनुमानस्थान, पुतलीसडक, थापाथली क्षेत्रमा घरभाडामा लिने जनाएको छ ।

इच्छुक घरधनी, संस्था तथा कम्पनीले १५ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ । कम्पनीका अनुसार २ हजार ५ सयदेखि ५ हजार वर्गफिट क्षेत्र खालि ठाउँ हुनु पर्नेछ । यस्तै, घरसम्म जाने २० फिटे मोटरबाटो, सवारीसाधन पार्किङ, पानी, ढल र बिजुलीको प्रयाप्त सुविधा पुगेको हुनु पर्नेछ ।

मासिक रुपमा भाडा रकम भुक्तानी गरिने र भाडा भुक्तानी गर्दा नियमानुसार अग्रिम करकट्टी गरी भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.