६६ प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा

  २०८० असार २८ गते ७:२५     विकासन्युज

काठमाडौं । हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको असार २७ गते बसेको बैठकले साउन १५ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे १० बजे विशेष साधारणसभा डाकेको हो ।

कम्पनीले चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १० सेयर बराबर ६.६ को अनुपातमा हप्रद सेयर जारी गर्नेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड १२ लाख ७५ हजार रुपैयाँबाट वृद्धि गरी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार रुपैयाँ पुर्याइनेछ ।

विशेष साधारण सभा प्रयोजनको लागि साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ७ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.