सिभिल लघुवित्तले हिमालयन लघुवित्तको नामबाट कारोबार गर्ने

  २०८० असार २२ गते १७:००     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । लघुवित्तको नाम परिवर्तन भएर हिमालयन लघुवित्त वित्तीय संस्थाको नाम राखिएको हो । यससँगै अब लघुवित्त संस्थाले हिमालयन लघुवित्तको नामबाट आफ्नो कारोबार सञ्चालन गर्नेछ ।

सिभिल लघुवित्तको माउ संस्था साविक सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि लघुवित्तको नाम परिवर्तन गरी हिमालयन लघुवित्त राखिएको लघुवित्तले जनाएको छ ।

लघुवित्तको १२ वार्षिकोत्सवको अवसर पारेर बिहीबार असार २१ गते नाम परिर्वतन गरिएको लघुवित्तले जनाएको छ । लघुवित्त असार २१ गतदेखि ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सव अवसरमा लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.