वैदेशिक रोजगारीमा गएका २ लाख युवा कोषमा आवद्ध

  २०८० असार १३ गते १२:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा गएका झन्डै २ लाख युवा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएको बताएका छन् । बुधबार संसदमा उठेको प्रश्नको जवाफ दिदैँ उनले सो कुरा बताएका हुन ।

‘संसदको पहिलो सम्बोधनमा मैले संकल्प गरेको थिएँ, वैदेशिक रोजगारीमा गएका दाजुभाइ दिदीबहिनीमाथि राज्यको उपेक्षा अब अन्त्य हुनेछ, वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानित बनाउन यसबीचमा महत्वपूर्ण र ऐतिहासिक काम भएका छन्’, उनले भने, ‘वैदेशिक रोजगारीमा गएका करिब दुई लाख नागरिक केही महिनाकै बीचमा सामाजिक सुरक्षा कोषमा जोडिनु आफैंमा ऐतिहासिक हो, यसरी आबद्ध व्यक्तिको कदाचित भवितव्यबाट निधन भएमा परिवारलाई पेन्सन र सन्तानलाई शैक्षिक वृत्तिको व्यवस्था भएको छ ।’

सामाजिक सुरक्षा कोषले गत चैतदेखि वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिकलाई कोषमा अनिवार्य रुपमा आवद्ध गर्दै आएको छ ।

कोषका प्रवक्ता विवेक पन्थी वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरे जसरी नै कोषमा रकम भुक्तानी गर्न मिल्ने बताउँछन् । उनले विदेशमा रहेका श्रमिकले अनलाईन अथवा आफन्तबाट समेत कोषको रकम भुक्तानी गर्न मिल्ने बताए ।

श्रमिकले न्यूनतम दुई हजारदेखि अधिकतम २८ हजारसम्म कोषमा मासिक योगदान गर्न पाउँछन् ।

यसअघि सरकारले श्रमिकलाई म्यादी जीवन बिमा र कल्याणकारी कोषमा आबद्ध हुन अनिवार्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.