एक महिनामा एक खर्ब ४५ अर्बको आयात, साढे ३५ अर्ब राजश्व संकलन

  २०८० असार ८ गते १०:४५     विकासन्युज

काठमाडौं । नेपालले एक महिनाको अबधिमा विभिन्न देशबाट सवा खर्ब बढीको आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले एक महिनामा एक खर्ब ४५ अर्ब ७४ करोड ८६ लाख ६४ हजार रुपैयाँ बराबरको आयात गरेको हो । उक्त आयातबाट एक महिनाको अबधिमा ३५ अर्ब ५८ करोड ९७ लाख २४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

नेपालले ११ महिनाको अबधिमा विभिन्न देशबाट १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात गरेको छ । उक्त आयातबाट सरकारले ३ खर्ब ४४ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, नेपालले एक महिनामा १२ अर्ब बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । विभागको तथ्यांक अनुसार जेठ महिनामा मात्रै नेपालले १२ अर्ब ६८ करोड ६५ लाख ७ हजार रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो ।

विभागले ११ महिनाको अबधिमा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ ।

उक्त अबधिमा नेपालले भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात गरेको छ भने ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

त्यस्तै, चीनबाट दुई खर्ब दुई अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा एक अर्ब ५२ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.