सन् २१०० सम्म ७५ प्रतिशत हिमालयन क्षेत्र पग्लिन सक्ने, नेपालको पर्यटन क्षेत्र जोखिममा

  २०८० असार ७ गते १०:४०     विकासन्युज

काठमाडौं । हिमालयन क्षेत्रको हिउँ तिव्र गतिमा पग्लिरहेको छ । वैज्ञानिकहरुले सन् २१०० सम्ममा हिमालयन क्षेत्रको ७५ प्रतिशत हिउँ पग्लिनसक्ने आशंका व्यक्त गरेका छन् । यसो हुँदा हिमालयन क्षेत्रसँग जोडिएको भूगोलमा रहने झण्डै २० करोड मानिसहरुलाई पानीको अभाव हुने र बाढीको जोखिम हुनसक्ने अनुमान वैज्ञानिकहरुको रहेको छ । जसमध्येको गम्भीर असर दक्षीण एशियामा नेपाल, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, चीन, म्यानमार र बंगालादेशमा पर्नेछ ।

काठमाडौंको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्ट डेभलपमेन्ट (आइसिआइएमओडी)का अनुसार आगामी दिनमा हिम पहिरोका घट्नाहरु तिव्र गतिमा घट्नेछन् । अलजजिराका अनुसार जलवायु परिवर्तनको असर खेप्न नपरेकाहरुले हिउँ पग्लिएपछिको असर खेप्नुपर्नेछ ।

रिपोर्टअनुसार सन् २०१० पछिको समयमा हिमालयन क्षेत्र तिव्र गतिमा पग्लिरहेको छ । यदि यदि पृथ्वीमा १.५ डिग्री देखि २ डिग्री सेल्सियस तापक्रम बढेमा सन् २१०० सम्म हिमालयन क्षेत्रको हिउँ ३० देखि ५० प्रतिशत सम्म छिटो पग्लिनेछन् । तर, अहिलेसम्मको अनुमान अनुसार पृथ्वीमा ३ डिग्रीसम्म तापक्रम बढ्नसक्ने अनुमान गरिएको छ । जसले ७५ प्रतिशतले हिमालयन क्षेत्रको हिउँ पगाल्नेछ ।

रिपोर्टअनुसार हिमालयन क्षेत्रबाट बग्ने १२ नदीमा खतराको तहसम्म आउन सक्छन् । रिपोर्टअनुसार जलवायु परिवर्तनको कारणले दुई हजार वर्षमा पग्लिने अनुमान गरिएको हिउँ ३० वर्षमा नै पग्लिएको छ । पर्यावरणको क्षेत्रमा काम गरिरहेका वैज्ञानिक फिलिप वेस्टरले आगामी एकसय वर्षमा हिमालय क्षेत्रको हिमनदी अन्त्य हुने बताएका छन् ।

३५ सय किलोमिटर क्षेत्रमा फैलिएको हिमालयले ८ वटा देशलाई समेटेको छ । हिमालय क्षेत्रको वरिपरि भएका करिब दुई सयवटा हिमताल उच्च जोखिममा रहेको प्रतिवेदनले बताएको छ । वातावरणविद् पान पियर्सनका अनुसार एकपटक हिमालयन क्षेत्रको बरफ पग्लियो भने त्यो पुनः सोही अवस्थामा फर्किन नसक्ने बताएका छन् । त्यसैले विश्वको तापक्रम बढ्न दिन नहुने उनको भनाइ छ । नेपालको पर्यटनको मुख्य आधारका रुपमा रहको हिमालयन क्षेत्रमा हिउँ नरहने स्थिति रहेमा त्यसले पर्यटन व्यवसायको क्षेत्रमा ठूलो असर गर्नेछ ।

एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.