देशका विभिन्न ठाउँमा योग दिवस मनाइदैँ (फोटो फिचर)

  २०८० असार ६ गते १०:२९     विकासन्युज

काठमाडौं  ।  घोराही– १४ स्थित कभर्डहलमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरीय मूल समारोह समिति दाङको आयोजनामा गरिएको कार्यक्रममा योगाभ्यास गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी, सुशिल वैद्यलगायत ।

महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिकाका प्रमुख मोहन पाण्डे बुधबार नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाभ्यास गराउँदै । प्रमुख पाण्डे चर्चित योगका गुरु पनि हो ।

तारकेश्वर नगरपालिका–९ स्थित मनमैजुमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा युवा नेपाल समितिले आयोजना गरेको योग महोत्सवमा योगा गर्दै विद्यार्थी, शिक्षक एवम् नागरिक ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार बिहान पोखरा रङ्गगशालामा आयोजना गरिएको योग शिविरमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.