प्रतिकेजीको दुई रुपैयाँ पनि नपाएपछि किसानले सडकमा फाले गोलभेंडा

  २०८० असार ३ गते ११:२८     विकासन्युज

काठमाडौं । नेपाली गोलभेँडाले उचित मूल्य नपाएको भन्दै किसानले सडकमा नै फालेका छन् । आईतबार किसानहरुले कालीमाटी फलफूल तथा तरकारी बजार अगाडीको सडकमै गोलभेँडा फालेका हुन् ।

आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि भन्दै विभिन्न स्थानका किसानले बिक्रीका लागि ल्याएका गोलभेँडा कालीमाटीमा फालेका विरोध जनाएका हुन् ।

४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेकोका लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.