बजेटपछि १०० किलोवाट क्षमताका गाडीको मूल्य बढ्यो

  २०८० असार १ गते १०:२३     विकासन्युज

काठमाडौं । सरकारले ५० देखि १ सय किलोवाट क्षमताको विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाएसँगै व्यवसायीहरुले गाडीको मूल्य बढाउन थालेका छन् । सरकारले आर्थिक विद्येयक २०८० मा करको दर परिवर्तन गरेसँगै व्यसायीहरुले मूल्य बढाउन थालेका हुन ।

यसअघि ५० देखि १ सय किलोवाट क्षमताका विद्युतीय गाडीको भन्सार र अन्तशुल्क महशुल १०/१० प्रतिशत रहेकोमा सरकारले विद्येयक मार्फत भन्सार महशुल बढाएको छ । १० प्रतिशत भन्सार महशुल रहेकोमा ५ प्रतिशत बढाएर १५ प्रतिशत बनाएको हो ।

विद्युतीय गाडीको भन्सार महशुल बढेपनि व्यवसायीहरुले न्यून मात्रै मूल्य बढाएका छन् । धेरै मूल्य बढाउँदा ग्राहकहरु डिजेल तथा अन्य कम्पनीका विद्युतीय गाडीमा आकर्षक हुने भन्दै व्यवसायाीहरुले न्यून मूल्य बढाएका हुन ।

सरकारले करका दरमा परिवर्तन गरेसँगै २५ देखि ३० प्रतिशतसम्म मूल्य बढने बताउँदै आएका गाडी व्यवसायीहरुले थोरै मूल्य बढाउँदा उपभोक्तालाई फाइदा हुनेभएको छ ।

सरकारले जारी गरेको आर्थिक विद्येयक २०८० अनुसार ५० देखि १०० किलोवाट क्षमताका गाडी बिक्री गर्दै आएका बिवाईडी, एमजी, नेटा भि, हुन्डाईको कोना र टाटाको नेक्सन गाडीमा त्यसको असर परेको छ ।

१ लाखले बढ्यो बिवाईडीको मूल्य

बजेटमा १ सय किलाेवाट क्षमताका गाडीकाे अन्तशुल्क तथा भन्सार महसुलमा बृद्धि भएपछि बिवाईडी गाडीको मूल्य बढेको छ । चिनियाँ कम्पनीको बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले सय किलोवटा क्षमताका बिवाईडी एटो थ्रीको मुल्य एक लाख रुपैयाँ मात्रै बढाएको छ । यस अघि ६४ लाखमा बिक्री हुँदै आएको एटो थ्रिमा कम्पनीले एक लाख रुपैयाँ बढाएर ६५ लाख रुपैयाँ बनाएको हो ।

सीजीले बढायो एक लाख

सीजी मोटर्सले बिक्री गर्दै आएको गाडीको मूल्य एक लाख रुपैयाँले बढाएको छ । कम्पनीले यसअघि नेटा भी ३७ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । बजेटमा करका दर परिवर्तन भएपछि कम्पनीले एक लाख बढाएर ३८ लाख ९९ हजार रुपैयाँ बनाएको हो ।

५० हजारले बढ्यो एमजीको मूल्य

बजेट पछि एमजी गाडीको मूल्य ५० हजार रुपैयाँले बढेको छ । एमजी गाडीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले १ सय किलोवाट क्षमताको जेडएस ईभीको मूल्य ५० हजार रुपैयाँले बढाएको हो । यसअघि ५२ लाख ४९ हजार रुपैयाँ रहेको उक्त गाडीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

४० हजारले बढ्यो हुन्डाईको कोना

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना गाडीको मूूल्य बढाएको छ । कम्पनीले १ सय किलोवाट क्षमता रहेको कोनाको मूल्य ४० हजार रुपैयाँले बढाएर ६४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यसअघि उक्त गाडीको मूल्य ६४ लाख ५६ हजार रुपैयाँमा बिक्री भैरहेको थियो । कम्पनीले हालसम्म ८ सय गाडी बिक्री गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.