९ लाख रुपैयाँले घट्यो विद्युतीय गाडी बिवाईडीको मूल्य

  २०८० जेठ ३० गते १९:०१     विकासन्युज

काठमाडौं । नेपालमा विद्युतीय गाडी बिवाईडीको मूल्य करिब ९ लाख रुपैयाँले घटेको छ ।

कम्पनीको बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य आठ लाख ९१ हजार रुपैयाँ र बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य ८ लाख रुपैयाँले घटेको हो ।

नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिवाईडीको दुई विद्युतीय गाडीको मूल्य घटाएको जानकारी दिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट अनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गरेको कम्पनीले जनाएको छ ।

योसँगै बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य घटेर ५५.९९ लाख रुपैयाँ कायम भएको छ । यसअघि यस गाडीकाे मूल्य ६४.९ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य घटेर ८१.९९ लाख रुपैयाँ कायम भएको छ ।  यसअघि यस गाडीकाे मूल्य ८९.९९ रुपैयाँ रहेको थियो ।

संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन आशा गरेको कम्पनी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.