सहकारी समस्या समाधानका लागि डा. राउतको संयोजकत्वमा कार्यदल गठन

  २०८० जेठ २८ गते १२:२२     विकासन्युज

काठमाडौं । सरकारले सहकारी समस्या समाधानका लागि डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा। राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.