पर्यटन क्षेत्रमा कर थुपार्दा व्यवसायी असन्तुष्ट, आम्दानी घट्ने चिन्ता

  २०८० जेठ २६ गते १४:१९     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धीत एक दर्जन बढी संघसंस्थाले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टी व्यक्ति गरेका छन् ।

ट्रेकिङ एजेन्सिज् एसोसिएन अफ नेपाल (टान) को नेतृत्वमा शुक्रबार पर्यटन क्षेत्रका १५ वटा संथाले संयुक्त रुपमा पत्रकार सम्मेलनका आयोजना गर्दै बजेटमा असन्तुष्टी व्यक्ति गरेका हुन ।

ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल एशोसिएसन अफ याफ्टिङ एजेन्सीज् (नारा), हिमालयन उद्धार संघ नेपाल (एचआरए), आरोहण अपरेटर्स एसोसिएसन नेपाल (इओए), वायुसेवा संचालक संघ, नेपाल (एओएन), सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो), गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल), नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए), टुरिष्ट बस एसोशिएसन अफ नेपाल (टीबिएन), नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो), ठमेल पर्यटन बिकास परिषद (टिटिडिसि) र कैलाश–टुर अपरेटर्स एशोसिएसन अफ नेपाल (एओएयन) ले बजेटमा असन्तुष्टी जनाएका हुन ।

सरकारले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विद्येयक मार्फत हवाई उडानमा १३ प्रतिशत भ्याट, चार तथा पाँच तारे होटलमा २ प्रतिशत लक्जरी कर र विदेश घुम्न जाने नेपालीलाई ५ प्रतिशत लक्जरी कर लगाउने घोषणा गरेको थियो ।

पर्यटन क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल बीनै सरकारले पर्यटन क्षेत्रमा कर थपेको भन्दै व्यवसायीहरुले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन ।

सरकारको उक्त नीतिले कोभिड महामारीपछि भरखरै तग्रिन लागेको पर्यटन उद्योगमा ठूलो असर परेको भन्दै उनीहरुले यी कर लगाउँदा पर्न जाने नकारात्मक असरको अध्ययनका लागि समिति बनाउन माग गरेका छन् । अध्ययनका आधारमा एक वर्षपछि मात्रै ती कर कार्यान्वयन गर्न सकिने ती संस्थाको ठहर छ ।

सरकारको उक्त निर्णयले बजेटमै घोषणा भएको सन् २०३२ मा १० लाख विदेशी पर्यटन भित्र्याउने योजनामा समेत असर परेको टानका अध्यक्ष नीलहरी बास्तोला बताउँछन् ।

‘बजेट मार्फत सरकारले सनन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने, सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने, आगामी आर्थिक वर्ष नेपाल घुमौ नेपाल चिनौँ अभियान सञ्चालन गर्ने र सन् २०२३–०३२ लाई पर्यटक दशकको रुपमा मनाउने घोेषणाले हामी पर्यटन व्यवसायी धेरै उत्साहीत भएका थियौँ’, उनले भने, ‘तर, सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रम घोषणासँगै बीना तयारी अनावश्यक कर थप्दा लक्ष्य प्राप्त हुन नसक्ने अबस्था सृजना भयो ।’

यस्तै, उनले सरकारले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिदा राज्यवाट पाउनुपर्ने सहुलियतपूर्ण व्याजदर तथा विजुली शुल्क आदिवाट बञ्चित हुनुपरेको गुनासो गरे ।

उनले सरकारले पर्यटन उद्योगीको माग सरकारले सम्बोधन नगरी सडकदेखि सधनसम्म आन्दोलन गर्ने चेतावनी दिए । ‘अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर लगानीकर्ताको माग सम्बोधनका क्रममा पर्यटन उद्योगीका समेत माग सम्बोधन गर्ने हामीले आश गरेका थियौँ, उहाँले सेयर लगानीकर्ताको मात्रै माग सम्बोधन गरेपछि हामी आन्दोलन गर्न बाध्य भयौँ’, उनले भने ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा सरकार आफै स्पष्ट नहुँदा व्यवसायी झन मारमा परेको बताए ।
‘सरकारले बजेट मार्फत पर्यटन उद्योगमा विभिन्न शिर्षकमा कर थप्ने घोषणा गर्यो, सरकारको घोषणा अनुसार बजेट सार्वजनिक भएको भोलिपल्टै करका दर लागुहुनुपर्ने हो, तर अहिलेसम्म लागु भएको छैन’, उनले भने, सरकारले बिना तयारी हचुवाको भरमा कर थप्पगर्दा कोभिड पछि भरखरै तँग्रदै गरेको पर्यटन उद्योगमा थप मारमा पर्याे ।’

नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष चन्द्रप्रसाद रिजालले सरकारले पर्यटन व्यवसायीसँग छलफल नै नगरी पर्यटन क्षेत्रमा कर थप्दा गरि खाने वातावरणको अन्त्य भएको बताए ।

‘पर्यटन क्षेत्रका उद्योगी व्यवसायीको साझा थलो नेपाल पर्यटन बोर्ड हो, सरकारले बजेट बनाउदा बोर्डसँग कुनै समन्वय नै गरेन’, उनले भने, ‘अर्थमन्त्रालयमा पर्यटन विज्ञ को छ, बजेटमा कर थप गर्दा हामीलाई समन्वय गर्नुपर्ने होइन’, उनले अर्थमन्त्रालयलाई प्रश्न गर्दै भने ।

उनले सरकारले बजेटमा कर थप्दा नेपाल महंगो गन्तव्यको रुपमा पर्ने भन्दै विदेशी पर्यटक घट्ने बताए ।

नेपालमा कर लगाउदा विदेशबाट टिकट काटिन्छ

सरकारले बजेट मार्फत पहिलो पटक हवाई टिकट काट्दा १३ प्रतिशत भ्याटको घोषणा गरेको छ । तर, पर्यटन व्यवसायीहरु उक्त निर्णयले विदेशबाट टिकट काट्नेहरु बढ्ने बताउँछन् ।

‘अहिले नेपालबाट काटिद्दै आएको टिकट भ्याट लागुभएपछि विदेशबाटै काट्न्छि, विदेशबाट टिकट काट्दा कुनै शुल्न नलाग्ने भएपछि नेपालीको रोजगारी समेत गुम्छ’, टान अध्यक्ष बास्तोलाले भने ।

‘हवाई यात्रा, यात्रुवाहक यातायात तथा ढुवानी सेवाहरु, ढुवानी साधनका भाडा, ढुवानी सेवा, कार्गो सेवा समेतलाई पूर्णरुपमा भ्याटमा लागुहुँदा टुर प्याकेज महंगो हुन्छ, साविककै आन्तरिक तथा अन्र्तराष्ट्रिय हवाई भाडादर महङ्गो भएर घटाउनुपर्ने बेला भ्याट लागु गर्दा हवाई यात्रा झन महंगो भयो’, उनले भने ।

उनले हाल ६० देखि ७० प्रतिशत अर्न्तराष्ट्रिय हवाई टिकट विदेशवाट विक्रि भइरहेको अवस्थामा नेपालका एजेन्सीहरु मार्फत भ्याट लगाउदा नेपालमा मात्र टिकटको मुल्य वढ्ने भएकोले पुर्ण रुपमा विदेशवाट टिकट विक्री हुने खतरा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.