असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने काम गर्न नपाइने

  २०८० जेठ २५ गते १०:१६     विकासन्युज

फाइल तस्बिर

काठमाडौं । आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्ने काम गर्न नपाइने भएको छ । सडक विभागले बिहीबार एक सूचना जारी गर्दै वर्षायाममा सडकमा खन्ने काम गर्दा तत्काल यथास्थितिमा ल्याउन नसकिने भएकाले सो कार्यमा रोक लगाइएको जनाएको छ ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले विभाग र डिभिजन मातहतमा रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने विभागले सूचनामा उल्लेख गरेको छ । साथै कसैले जर्बजस्ती सडक खन्ने काम गरेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.