२०८० जेठ २३ गते १९:२५ विकासन्युज
काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। मंगलबार साझ सुनकोशी नदीबाट दुई जनाको शव फेला परेको हो ।
शुक्रबार बिहान साढे ११ बजे सुनकोशी नदीमा सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो । उक्त गाडीमा चालकसहित ४ जना सवार थिए ।
गाडीका चालक पौडेर निस्किएका थिए भने बाँकी तीन भने वेपत्ता थिए । वेपत्ता एक जनाको शव अझै भेट्टाउन सकिएको छैन ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.