२०८० जेठ २३ गते १९:११ विकासन्युज
काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन मेयर हरिजंग शाही र उपमेयर सुन्तला रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा २२ लाख ३६ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नगरपालिकाको वडा नं ७ स्थित विसौनीदेखि किउरीसम्मको सडकमा उपभोक्ता समितिले नगरेको काम गरेको भनेर रकम भुक्तानी सिफारिस गरेको आरोप उनीहरुमाथि लागेको हो ।
उनीहरुसँगै वडा नं ७ कि वडासदस्य पशुपति शाही, उपभोक्ता समितिकी अध्यक्ष रामप्यारी शाही, सचिव सादना मल्ल र कोषाध्यक्ष नानी कामीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.