ब्याजदर घट्न सक्छ, स्थिति सहज भएन भने पीडा त सहनै पर्छ : गभर्नर

  २०८० जेठ २२ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले स्थिति सहज भएमा बैंकको ब्याजदर घट्न सक्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट – अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन् ।

‘बैंकदर अझै घट्छ, समयले साथ दियो भने थप घटाउन सकिन्छ,’  उनले भने- ‘तर स्थिति सहज भएन भने फेरि पीडा सहनै पर्छ ।’

बजेटको सिलिङमा हस्ताक्षर गर्ने व्यक्ति आफू पनि रहेको जानकारी गराउँदै उनले बजेटको आकार व्यापक छलफलपछि आएको बताए ।बजेटमा रिफर्मका विषय पनि आएका बताउँदै उनले त्यसमा निजी क्षेत्रको सहकार्यका विषय रहेको जानकारी गराएका छन् ।

‘सहकारीमा परेको समस्या समाधानका लागि पनि केही कुरा बोलेको छ, विशिष्टिकृत नियामकको धारणा आएको छ, यसले सहकारीको प्रभावकारी नियमनमा भुमिका खेल्छ,’ उनले भने ।

त्यस्तै, उनले अनावश्यक संस्था खारेज तथा गाभ्ने विषय सुधारको संकेत रहेको व्यक्त गरे ।  आगामी वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने र सन् २०२४ मा मुल्यवृद्धि घट्ने ग्लोबल रिपोरेटले देखाएको गर्भनर अधिकारले बताए ।

‘६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ, साउनभित्रै कार्यविधि आउने भनिएको छ, यसले पनि खर्च बढाउन भूमिका खेल्छ होला,’ गर्भनर अधिकारीले भने ।

त्यस्तै, आगामी साउन १५ गतेभित्र मौद्रिक नीति आउने बताउँदै उनले बजेट कार्यान्वयन गर्न मौद्रिक नीतिले भूमिका खेल्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.