सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

  २०८० जेठ १८ गते ११:१३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हाल सम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज बढेको मूल्य अनुसार चाँदीको मूल्य १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.