माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष डा. महतो बने वन मन्त्री, को हुन् उनी ?

  २०८० जेठ ९ गते १४:२०     विकासन्युज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा जसपाकै प्रमिला कुमारीलाई राष्ट्रपति पौडेलले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

जसपाका नेता महतो मन्त्री नियुक्त भएसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रहेका महतो मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सांसद भएपछि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था अनुसार उनले बैंकको अध्यक्षबाट राजीनामा दिएका थिए । डा. महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.