निजी बैंकलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंक आक्रामक, नबिललाई पछ्याउँदै नेपाल बैंक

  २०८० जेठ ८ गते १७:५९     विकासन्युज

काठमाडौं । १० महिनाको अवधिमा झण्डै ३ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २१ वटा वाणिज्य बैंकहरुले १० महिनामा ६.१७ प्रतिशत अर्थात् २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेर ४८ खर्ब ४० अर्ब रुपैयाँ पुर्याएका हुन् । गत असार मसान्तसम्म बैंकहरुसँग ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो ।

पछिल्लो तथ्याङ्क अनुसार निजी बैंकहरुलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंकले निक्षेप संकलन ह्वात्तै बढाएको छ । १० महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १५.४९ प्रतिशत अर्थात् ४७ अर्ब रुपैयाँ बढाएर ३ खर्ब ३ अर्ब रुपैयाँ पुर्याएको छ । गत असारसम्म बैंकसँग २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप थियो ।

यस्तै, नबिल बैंकको ४४.३२ अर्ब बढेर ३ खर्ब ७३ अर्ब रुपैयाँ, नेपाल बैंकको ३५.६३ अर्ब बढेर २ खर्ब ३२ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकको २४.२३ अर्ब बढेर ४ खर्ब २१ अर्ब रुपैयाँ र नेपाल एसबिआई बैंकको २३.६८ अर्ब बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको २०.२९ अर्ब रुपैयाँ बढेर २ खर्ब १६ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकको १८.२७ अर्ब बढेर ३ खर्ब १३ अर्ब रुपैयाँ र कृषि विकास बैंकको १७.९९ अर्ब बढेर १ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, एभरेष्ट बैंकको १४.२० अर्ब बढेर १ खर्ब ८७ अर्ब रुपैयाँ, एनएमबि बैंकको १२.८४ अर्ब बढेर १ खर्ब ९९ अर्ब रुपैयाँ, लक्ष्मी बैंकको १२.४५ अर्ब बढेर १ खर्ब ५२ अर्ब रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.२४ अर्ब बढेर १ खर्ब १४ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११.०५ अर्ब बढेर ३ खर्ब ५३ अर्ब रुपैयाँ, सानिमा बैंकको ८.७३ अर्ब बढेर १ खर्ब ६७ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको ६.२० अर्ब बढेर १ खर्ब ६१ अर्ब रुपैयाँ, प्राइम बैंकको ३.१९ अर्ब बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको २.४५ अर्ब बढेर १ खर्ब ५१ अर्ब रुपैयाँ र सनराइज बैंकको ७६ करोड बढेर १ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा ३ बैंकको निक्षेप संकलन भने घटेको छ । जसमध्ये हिमालयन बैंकको ६ करोड घटेर २ खर्ब ६७ अर्ब रुपैयाँ, प्रभु बैंकको ३.८१ अर्ब घटेर २ खर्ब ७९ अर्ब रुपैयाँ र कुमारी बैंकको १२.६९ अर्ब बढेर ३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको तथ्याङ्कले जनाएको छ ।

यस्तै, बैशाखसम्मको तथ्याङ्क अनुसार बैंकहरुको कर्जा प्रवाह २.८७ प्रतिशत अर्थात् १ खर्ब २३ अर्ब रुपैयाँ बढेर ४२ खर्ब ९८ अर्ब रुपैयाँ पुर्याएका छन् । गत असार मसान्तसम्म बैंकहरुसँग ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कर्जा विस्तारमा भने नबिल बैंक आक्रामक बनेको छ । यस बैंकले १० महिनाको अवधिमा ३५.५३ अर्ब बढाएर ३ खर्ब ३४ अर्ब रुपैयाँ पुर्याएको छ । गत असार मसान्तसम्म बैंकले ३ खर्ब ९ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए ।

बैंकको तथ्याङ्क अनुसार नेपाल एसबिआई बैंकको १३.०५ अर्ब बढेर १ खर्ब २३ अर्ब रुपैयाँ, एनएमबि बैंकको १०.४७ अर्ब बढेर १ खर्ब ९२ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १०.१४ अर्ब बढेर १ खर्ब ६४ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ९.५९ अर्ब बढेर २ खर्ब ५८ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकको ७.४२ अर्ब बढेर २ खर्ब ७५ अर्ब रुपैयाँ, प्राइम बैंकको ७.१९ अर्ब बढेर १ खर्ब ६२ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको ६.८४ अर्ब बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तै,सानिमा बैंकको ६.५३ अर्ब बढेर १ खर्ब ४७ अर्ब रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकको ५.५२ अर्ब बढेर ९५ अर्ब रुपैयाँ, हिमालयन बैंकको ५.०२ अर्ब बढेर २ खर्ब ४८ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.९३ अर्ब बढेर ३ खर्ब २२ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको ३.५० अर्ब बढेर १ खर्ब ८९ अर्ब रुपैयाँ, लक्ष्मी बैंकको २.९४ अर्ब बढेर १ खर्ब ३५ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको २.६३ अर्ब बढेर १ खर्ब ३२ अर्ब रुपैयाँ, प्रभु बैंकको १.२४ अर्ब बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ, नेपाल बैंकको १.२१ अर्ब बढेर १ खर्ब ८२ अर्ब रुपैयाँ र कुमारी बैंकको ८४ करोड बढेर २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सनराइ बैंक र ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह भने घटेको छ । बैशाख मसान्तसम्म सनराइज बैंकको ६३ करोड घटेर १ खर्ब २३ अर्ब रुपैयाँ र ग्लोबल आइएमई बैंकको १.१६ अर्ब घटेर ३ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.