फरार मेयरले प्रहरीलाई चिठी लेख्दै भने : तनावले गर्दा आरम गरिरहेको छु

  २०८० जेठ ८ गते १२:०३     विकासन्युज

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले तनावले केही दिन आराम गर्न सम्पर्कबाहिर रहेको बताएका छन् । सहकारीको पैसा फिर्ता गर्न नसकेपछि फरार रहेका उनले आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा पत्र लेख्दै यस्तो बताएका हुन् ।

आफन्तमार्फत प्रहरीलाई चिठफ पठाएका उनले आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने सम्पर्कबाहिर रहेको भनेर लेखिएको प्रहरीले जानकारी दिएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका उनले रकम हिनामिना गरेको बुझिएको छ । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.