स्वास्थ्य मन्त्रालयले जथाभावी उपकरण किन्ने अस्पताललाई स्पष्टिकरण सोध्ने

  २०८० जेठ ५ गते १२:५३     विकासन्युज

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले जनशक्ति र स्थान नभएर पनि उपकरण किन्न अस्पताललाई स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताएका हुन् ।

मन्त्रीस्तिरिय निर्णयानुसार गठित अस्पताल उपकरण व्यवस्थापन सम्बन्धि अनुगमन समितिको निष्कर्शको आधारमा मन्त्रालयले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।

मन्त्रालयले २ वर्षसम्म पनि प्रयोग नभएका वा हुन् नसक्ने सामानहरु स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यक्तानुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, कतिपय अस्पतालले जथाभावी रुपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्युनतम सेवा मापदण्डले औंल्याएअनुसारका उपकरणहरु मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था पनि लागू गर्ने भएकाे छ ।

स्वास्थ्यमन्त्री बस्नेतले प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने पनि बताए । उनले स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण गर्न थप व्यवस्थित गर्न निर्देशन दिए ।

भएका उपकरणहरुले काम गर्दागर्दै पनि अन्य खरिद गरेको गुनासो बढेको भन्दै छानबिन गरी कारबाही अघि बढाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.